विहीबार नेप्से परिसूचक लगभग स्थिर देखिएको छ। दिनभरीमा उच्च उतारचढावमा देखिएपनि बजार बन्द हुँदा नेप्से परिसूचक ४.१५ अंकले बढेको हो। नेप्सेले स्पष्ट दिशा समात्न नसकिरहेको यसले देखाउँछ।
बजार न्युनतम विन्दुमा रहेकै कारण लगानीकर्ताहरुले भने क्रमिक रुपमा सेयर खरिददारी बढाइरहेका छन्। अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत करिब १९ प्रतिशतले बढेर ८२ करोड ९६ लाख रूपैयाँ पुगेको छ।
यसदिन कारोबारमा आएका दुई सय २२ धितोपत्र तथा ऋणपत्र मध्ये एक सय नौं वटाको मूल्य बढेको र ९६ वटाको मूल्य घटेको छ। यसदिन नबिल, नेपाल लाइफ र शिवम सिमेन्टको कारोबार उच्च दरमा भएको छ।
यी कम्पनीको करिब तीन करोड देखि तीन करोड ४० लाख रुपैयाँसम्म पुगेको छ। यसदिन कुल बजार पुँजीकरण समेत ६ र्बले बढेर २६ खर्ब ८८ अर्ब रूपैयाँ पुगेको छ।