विहीबार पिपुल्स पावर र सयपत्री हाइड्रोपावर कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको छ। पिपुल्सको ६३ लाख २६ हजार कित्ता र सयपत्री हाइड्रोको ३० लाख कित्ता सेयर सूचीकरण भएको हो।
पिपुल्स पावरले पहिलो कारोबारको लागि ९४.९६ देखि २८४.८८ रूपैयाँ मूल्य रेन्ज दिइएको छ। त्यस्तै, सयपत्रीले पहिलो कारोबारको लागि ६४.९६ रूपैयाँदेखि १९४.८८ रूपैयाँको मूल्य रेन्ज पाएको छ।
पहिलो कारोबारको लागि सूचीकृत कम्पनीहरूको नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज दिने नीतिगत व्यवस्था छ।