शुक्रवार डलर थप बलियो बनेको छ। राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलर बराबर १३२.०६ रुपैयाँ (बिक्री मूल्य) तोकेको छ।
भारतीय मुद्रा डलरको तुलनामा पाँच पैसाले थप सस्तो भएपछि नेपाली मुद्रा पनि सस्तिएको हो। बिहीबार साझ प्रतिडलर ८२.३८ भारुमा कारोबार भएर भारतीय एक्सचेन्ज बन्द भएका थिए।
यता चीनियाँ मुद्रा डलरको तुलनामा एक वर्षयताकै सस्तो भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। हाल एक चाइनिज युआन बराबर ०.१४ डलर विनिमय दर कायम छ। एक चाइनिज युआनको लागि भने नेपालीहरुले १८.३७ रूपैयाँ खर्चिनु परिरहेको छ।