अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरिरहेको छ। आइतबार डलर हालसम्मकै महँगो भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १३२ रुपैयाँ ७ पैसा खर्चिनु पर्ने हुन्छ।
यस्तै, आइतबार खरिददर पनि १३१ रुपैयाँ ४७ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ १४ पैसा र बिक्रीमा १२८ रुपैयाँ ७३ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८२ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८३ रुपैयाँ २७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ८८ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४९ रुपैयाँ १ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५ रुपैयाँ १५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रुपैयाँ ९६ पैसा र बिक्रीमा २८ रुपैयाँ ९ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ७४ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ६८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५० रुपैयाँ २४ पैसा तोकिएको छ।