सानिमा बैंकले ग्राहकहरूलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न भन्दै 'थ्री इन वान' खातालाई परिष्कृत गरेको छ ।
बैंकको 'थ्री इन वान' खाताको अनलाइन फारम भर्दा ग्राहकले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सी–आस्बा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन्।
साथै, 'थ्री इन वान' पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रक्रियाका लागि विभिन्न जानकारीहरू लिन मिल्ने व्यवस्था गरेको छ।
उक्त खाता खोल्न ग्राहकहरूले घरमै बसी सानिमा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
खाता खोलिसकेका ग्राहकले समेत यसबाट सी–आस्बा र मेरो सेयरको सुविधा लिन सक्ने बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रूपमा सञ्चालनमा ल्याएको यस खातामा ग्राहकहरूले अनलाइन मार्फत् दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन्।
उक्त खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइट बाट 'थ्री इन वान' एकाउन्टमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ।
आइपिओमा खरिद गरेका ग्राहकहरू समेत केही प्रक्रियाहरू पूरा गरी यस खातामार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुविधा रहेको बैंकले बताएको छ।
बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालय र १२२ वटा एटिएम सञ्जाल रहेका छन्।