अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरिरहेको छ। बुधबार डलर हालसम्मकै महँगो भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार नेपालीले एक डलर साट्नको लागि १३२ रुपैयाँ ८ पैसा खर्चिनु पर्ने हुन्छ।
यस्तै, बुधबार खरिददर पनि १३१ रुपैयाँ ४८ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ १५ पैसा र बिक्रीमा १२९ रुपैयाँ ७४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८२ रुपैयाँ ७७ पैसा र बिक्रीमा ८३ रुपैयाँ १५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ५० पैसा र बिक्रीमा ९५ रुपैयाँ ९३ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४८ रुपैयाँ २० पैसा र बिक्रीदर १४८ रुपैयाँ ८८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८० पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रुपैयाँ ८८ पैसा र बिक्रीमा २८ रुपैयाँ १ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ८३ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ७६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ३७ पैसा तोकिएको छ।