महालक्ष्मी विकास बैंकले विशेष (महा बचत) खाता खोल्ने ग्राहकहरूका लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत कात्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरूले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका दरबारमार्ग, पुतलीसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्की) शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको बताइएको छ।
हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ।
यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, निःशुल्क एटिएम कार्ड तथा मोवाइल बैंकिङ लगायतका अन्य सुविधाहरू रहेका छन्।
यस बैंकले आम ग्राहकहरूको बैंकिङ आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको बताएको छ।