बुधबार नेप्से परिसूचक १२.८१ अंकले घटेको छ।
आज नेप्से ०.६९ प्रतिशतले घटेर १८४५.५१ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २१६ वटा धितोपत्रको ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार अभियान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर ८८८ रुपैयाँमा ८० पैसामा बन्द भएको छ।
त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य २३५ रुपैयाँ ६० पैसा पुगेको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा पिपुल्स पावर रहेको छ। कम्पनीको सेयर मूल्य ७.४७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २१३ रुपैयाँमा झरेको छ।
त्यस्तै, सामलिङ पावरको सेयर मूल्य ६.१३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३९८ रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री सोल्टीको भएको छ। कम्पनीको २१३ रुपैयाँमा ३ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.९३ प्रतिशतले बढेको हो। कम्पनीले आज सेयरधनीहरूलाई २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेकाले सर्वाधिक कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त बैंकको ७९८ रुपैयाँमा २ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक १.५६ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०.१८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.५४ प्रतिशतले घटेको छ।
त्यस्तै, विकास बैंक समूहको परिसूचक १.३५ प्रतिशत, जलविद्युत समूहको परिसूचक १.८३ प्रतिशत र अन्य समूहको परिसूचक १.०८ प्रतिशतले घटेको छ।