एनआइसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन्।
लम्सालले राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका छन्।
बैंकको सञ्चालक समितिको कात्तिक २ गते बसेको ५७१औं बैंठकले सोही दिनदेखि लागू हुने गरी उनलाई सञ्चालक पदमा नियुक्त गरेको हो।
नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन्।
अर्थशास्त्र एवम् बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनले राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरूको नेतृत्व सम्हाल्दै नायव प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए।