बिहीबार नेप्सेमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचीकृत भएको छ ।
कम्पनीको १० लाख ३१ हजार कित्ता आइपिओ सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३ लाख ३१ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ७ लाख कित्ता गरेर कुल १० लाख ३१ हजार कित्ता सेयर सूचीकृत गराएको हो।
अब कम्पनीको आइतबारदेखि सेयर कारोबार खुला हुनेछ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १४८.६६ रुपैयाँदेखि ४४५.९८ रुपैयाँ ओपन रेञ्ज तोकेको छ।
नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।
कम्पनीको 'डीएलबीएस' संकेतमा सेयर कारोबार खुला हुनेछ।
त्यस्तै, सूचीकृतपछि दिनुपर्ने आरटिएस सेवा सनराइज क्यापिटल कमलपोखरीबाट हुने समेत कम्पनीले जानकारी दिएको छ।