नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। डलरको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो। बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १४ पैसा पुगेको थियो।
त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ५७ पैसा र बिक्रीमा १३० रुपैयाँ १६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८३ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८३ रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रुपैयाँ ९४ पैसा र बिक्रीमा २८ रुपैयाँ ७ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ३६ पैसा र बिक्रीमा ४२७ रुपैयाँ २९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४ पैसा तोकिएको छ।