बाराही हाइड्रोपावरले आज (शुक्रवार) देखि आइपिओ निष्कासन गरेको छ।
कम्पनीले आयोजना प्रभावित बागलुङ जिल्लाका स्थानीय बासिन्दाहरूका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरका २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो।
उक्त सेयर खरिदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ साविक कुस्मीसेरा, सर्कुवा र बिनामारे गाविसका तथा जैमिनी नगरपालिकाका अन्य वडाहरूका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिनेछ।
उक्त आइपिओमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा मंसिर ४ गतेसम्म आवेदन दिने समय थप हुने कम्पनीले बताएको छ।
कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ बी माइनस प्रदान गरेको छ। जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा कम जोखिम अर्थात् उच्च सुरक्षित रहेको जनाउँछ।
कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
आवेदकले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसका साथै, नेपाल धितोपत्र स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्ने ब्यवस्था रहेको छ।