सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १६ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको बैंकले जनाएको छ।
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको एन.एफ.आर.एस (NFRS) बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत (Consolidated) वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएको छ।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब दुई सय करोड ९ लाख ७४ हजार ६ रूपैयाँको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६ सय ६१ रूपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।
यससगै सिटिजन्स आर्थिक वर्ष २०७८/७९ को लाभांश पारित गर्ने पहिलो बैंक बनेको बैंकको भनाइ छ।
साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पुँजी संरचना ५१ः४९ परिवर्तन भई कायम भएको पुँजी संरचना ५१.०७ः४८.९३ (संथापक सेयरधनीहरूले धारण गरेको जम्मा सेयरः साधारण सेयरधनीहरूले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ।
सभाका अध्यक्षले सेयरधनीहरूबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्ने सक्ने विश्वास सभालाई गराए। साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनमा थप सबल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्ध रहेको बताए।