सानिमा बैंकले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांह दिन लागेको हो।