राष्ट्र बैंकले सोमबार १६ अर्ब ६६ करोडको ट्रेजरी विल्स (ऋणपत्र) बिक्री गर्ने भएको छ।
सरकारको लागि ऋण उठाउन पहिले बिक्री भएर अवधि परिपक्व भएका ऋणपत्रहरू पुनः नविकरण गरिन लागिएको हो।
विभिन्न परिपक्व अवधि भएका तीन किसिमका ऋणपत्रहरू बिक्री गरिने भएको हो।
पाँच अर्ब १० करोड रुपैयाँको ९१ दिने अवधिको, १० अर्ब रुपैयाँको एक सय ८२ दिने अवधिको र एक अर्ब ५६ करोड रुपैयाँको तीन सय ६४ दिने अवधिको ऋणपत्र नविकरण गरिन लागेको हो।
गत असोज ३१ मा पनि यस्तै विभिन्न अवधिको ऋणपत्र नविकरण हुने गरी बिक्री गरिएको थियो।
यिनमा औसत ब्याजदर ८.६१ देखि १०.८४ सम्म कायम भएको थियो। ९१ दिनेभन्दा माथि अवधिका सबैमा औसत ब्याजदर १० प्रतिशत माथि छ।
टे«जरी विल्सको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिक सहभागी हुन सक्छन्।
यता, कात्तिक १३ गतेसम्ममा दुई खर्ब ४४ अर्ब रूपैयाँ राजस्व लगायतको आम्दानी गरेको सरकारको सोही अवधिसम्ममा खर्च भने दुई खर्ब ९९ अर्ब रुपैयाँ गरेको छ।