स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले यसवर्ष नगद लाभांश मात्र दिने भएको छ।
अघिल्लो आर्थिक वर्ष भने कम्पनीले १० प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद लाभांश गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो।