महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी बैंक २ ३ ४ को जादु' योजना सार्वजनिक गरेको छ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताहरूका लागि उक्त योजना ल्याएको हो।
यस योजना अन्तर्गत महालक्ष्मी मोबाइल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरूमध्ये भाग्यशाली चार ग्राहकहरूले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन्।
महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकहरूलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजना १ नोभेम्बर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म लागु हुने बैंकले बताएको छ।
ग्राहकले दुई महिनासम्म तीन वटा कारोबार गर्दा कारोबार रकम न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने बैंकले जनाएको छ।