ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुइटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। दुइटा नयाँ शाखाहरू सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २९२ पुगेको छ।
बैंकले पोखरा महानगरपालिकाको वडा नम्बर १७, बिरौटा र वडा नम्बर २४, पामेमा एकैसाथ दुइटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
नयाँ शाखाहरूबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएको छ बैंकले जनाएको छ।
बैंकका अनुसार ग्लोबल आइएमई मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आएको छ।