सिबिआइएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन्।
श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन्।
यस अघि उनी उक्त क्यापिटलमा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ र मेगा क्यापिटल मार्केट्समा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए।
श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको कम्पनीले बताएको छ।