एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर समेत) गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ पुग्नेछ।