नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रुपैयाँ २१ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ६६ पैसा र बिक्रीमा १२९ रुपैयाँ २५ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३१ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८३ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८४ रुपैयाँ तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८९ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३६ रुपैयाँ पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रुपैयाँ ७२ पैसा र बिक्रीमा २७ रुपैयाँ ८५ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ८९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५० रुपैयाँ ७४ पैसा तोकिएको छ।