आजदेखि बीमा समिति 'नेपाल बीमा प्राधिकरण' बनेको छ। बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समिति प्राधिकरणको रूपमा परिवर्तन भएको हो।
गत भदौमा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको एक महिनामा प्रमाणिकरण भएका विद्येयक ऐनको रूपमा लागू हुने कानुनी प्रावधान छ।
समितिबाट हुँदै आइरहेको काम कारवाहीले अब प्राधिकरणको नामबाट निरन्तरता पाउनेछ।