पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज (शुक्रवार) बाट सेयर विक्री खुला गरेको छ। कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको दरमा ५६ लाख ६ हजार तीन सय ९० कित्ता सेयर विक्री गर्ने भएको हो। यसमध्ये तीन प्रतिशत सेयर भने कम्पनीले कर्मचारीको लागि र पाँच प्रतिशत सेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याएको छ। सर्वसाधारणले न्युनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन्।
केही समयअघि स्थानीयको लागि कम्पनीले १० प्रतिशत (३२ लाख कित्ता) सेयर जारी गरेकोमा सही तरिकाले आवेदन दिएकाहरूलाई २३ लाख ९३ हजार ६ सय १० कित्ता मात्रै वितरण गरिएको हो। कम्पनीको सेयर छिटोमा कात्तिक २९ सम्म खुला रहनेछ। सो अवधिमा बिक्री नभए मंसिर ९ गतेसम्म विक्री खुला हुनेछ। सानिमा क्यापिटल कम्पनीको विक्री प्रबन्धक हो।
कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी हाइड्रोपावर आयोजना बनाइरहेको छ। यो आयोजना १० अर्ब ३९ करोड रूपैयाँमा बन्ने भएको छ। प्रतिमेगावाट लागत १९ करोड २४ लाख रहेको छ। आयोजना सात अर्ब २३ करोड ऋण र बाँकी सेयर लगानीबाट बन्ने छ। आयोजना निर्माण लगभग सम्पन्न भएको छ।
आयोजनाबाट उत्पादित विद्युत् विक्रीको लागि नेपाल विद्युत् प्राधिकरणसँग सन् २०१५ मै सम्झौता भएको छ। आगामी ३० वर्षको लागि खरिद सम्झौता भएको हो। वर्षायाममा ४.८० रूपैयाँमा र सुख्खा यामामा ८.४० रूपैयाँ प्रतिकिलोवाटमा विद्युत् खरिद गर्ने सम्झौता भएको हो।
*सच्याइएको