लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै बचत गराैं, च्याम्पियन बनौं 'सेभ लाइक अ च्याम्पियन' योजना सञ्चालन गर्ने भएको छ।
बैंकले बचतको महत्वलाई उजागर गर्न गोल रक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ उक्त योजना सञ्चालन गर्ने भएको छ।
यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरूको भविष्य उज्ज्वल बनाउन 'बचत' को शक्ति र भावनालाई प्रवर्द्धन एवम् प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकले बताएको छ।
उक्त अभियान नोभेम्बर २० देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ।
यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरूलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ, इमेल समाधानहरू) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरू प्रदान गरिने बैंकले बताएको छ।
बचत खाताका अफरहरूका साथै ग्राहकहरूले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्ने बताइएको छ।