सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ९.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ९.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रहेको छ सोही पुँजीको आधारमा उक्त नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि पनि मर्जर प्रक्रिया पुरा गरी एकीकृत कारोबार पछि मात्र सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।