प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि मात्र सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ७६ लाख ८४ हजार ८० रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
अघिल्लो आर्थिक वर्षको नाफाबाट कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो।