एनएमबी बैंकले 'मान्यजन बचत खाता' मा सबभन्दा बढी ब्याज दिने घोषणा गरेको छ।
सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई मध्यनजर गरी सिर्जना गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार यो खातामा ९.१३३ प्रतिशत ब्याजदर प्रदान गरिन्छ। साथै बैंकले ग्राहकहरूलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको जनाएको छ।
एनएमबी बैंकले विगत २६ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको छ। नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त यो बैंक 'द फाइनान्सियल टाइम्स', लन्डनको ‘द बैंकर’ पत्रिकाद्वारा एसियाकै ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट पनि सम्मानित भएको छ।
एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि, ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।
एनएमबीले हाल देशभरि २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गदै आइरहेको छ।