आइतबार अमेरिकी डलर र युरो दुवैको मूल्य बढेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँ कायम गरिएको छ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ३५ पैसा र बिक्रीदर १३० रुपैयाँ ९५ पैसा तोकिएको थियो।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १३५ रुपैयाँ २६ पैसा र बिक्रीमा १३५ रुपैयाँ ८८ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा बढेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५६ रुपैयाँ १८ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २२ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५० पैसा र बिक्रीमा ३५ रुपैयाँ ६७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ६४ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ६५ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ६० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ५३ पैसा तोकिएको छ।