लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ९ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउँनेछन्।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि उक्त पुँजी ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी हुनेछ।
गत वर्ष कम्पनीले १३ प्रतिशत बोनस वितरण गरेको थियो। गत वर्षको तुलनामा बैंकले बोनस दर घटाएको छ।