आइएमई जनरल इन्स्योन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश गरी कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँ रहेको छ। सोही बोनसको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस सेयर तथा ०.३७ प्रतिशत नगद लाभांश दिएको थियो।