संयुक्त मर्जर समितिले कुमारी बैंक र एनसिसी बैंकको एक बराबर एक अनुपातमा स्वाप रेसियो कायम रहने गरी मर्जरमा जान सिफारिश गरेको हो।
समितिले प्रस्ताव गरेको अनुपात बैंकको सञ्चालक समितिले स्वीकृत गरेको छ।
मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रूपैयाँ पुग्नेछ। हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड छ भने एनसिसीको ११ अर्ब १४ करोड छ।
एनसिसीले यसपटक ३.३६ प्रतिशत बोनस सेयर समेत दिने प्रस्ताव गरेकोले सो सँगै मर्जर पछि बन्ने बैंकको पुँजी २६ अर्ब २२ करोड पुग्ने भएको हो।
मर्जरपछि बैंकको शाखा संख्या तीन सय ५५ पुग्नेछ भने एटिएम संख्या तीन सय ५१ पुग्नेछ।