रिडी पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश सेयर वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश गरी कुल ४२.१० प्रतिशत वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित उक्त लाभांश विद्युत् नियमन आयोग र कम्पनीको आगामी २१औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।