वाणिज्य बैंकहरूले पुसमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने भएका छन्।
सोमबार र मंगलबार लगातार भएको छलफलमा बैंकहरू निक्षेपको ब्याजदर परिवर्तन नगर्नेमा सहमत भएका हुन्।
नेपाल बैंकर्स संघमा भइरहेको छलफलले यस्तो निर्णय गरेको हो।
मंसिरकै ब्याज दरलाई पुसमा पनि निरन्तरता दिने भएका छन्।
हाल मुद्दतीको ब्याज दर १२.१३३ प्रतिशत छ भने बचतको ब्याज दर ७.१३३ प्रतिशत छ।
पुसका लागि विकास बैंक र फाइनान्स कम्पनीहरूले भने निर्णय गरिसकेका छैनन्।