ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके)ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन्।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन्।
उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो।
यस अघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि गत असार २ गते प्रारम्भिक सहमतिमा तथा कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो।
मर्जरका लागि सेयर स्वाप अनुपात १ः१ कायम गर्ने विषयमा दुबै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।
उक्त अनुमोदनलाई दुबै बैंकले मसिंर २३ गते बैंकका साधारण सभाबाट समेत पारित गरिसकेको छ।