हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा गत मंसिर २३ गते र पाख्रिवास नगरपालिकामा मंसिर २४ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
सो वित्तीय साक्षरता कार्यक्रम बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना गरेको हो।
उक्त कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्य, राजनीतिक दलका प्रतिनिधि, विद्यालयहरूका शिक्षक, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थी गरी करिब ७० जनाको उत्साहजनक उपस्थिति रहेको बैंकले बताएको छ।
सो कार्यक्रममा उपस्थित सहभागीहरूलाई बैंक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरूमा विस्तृत ज्ञान दिइएको छ।
बैंकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका मेयर जिवन कुमार लिंग्थेप प्रमुख अतिथिका रुपमा थिए भने पाख्रिवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ प्रमुख अतिथिका रुपमा थिए।
यसै गरी बैंकका तर्फबाट प्रदेश-१ का प्रदेश प्रमुख अमृत मल्ल लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।