राष्ट्र बैंकले आर्थिक गतिविधि नघटेको भन्न आधार लिदै आएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) कारोबार रकम भने भने १४ महिनायताकै न्यून देखिएको छ।
कात्तिकमा मासिक रूपमा ५९ हजार तीन सय ४० कारोबारबाट २७ खर्ब ३९ अर्ब रुपैयाँको ट्रान्सफर तथा भुक्तानी भएको छ।
कारोबार संख्याको आधारमा यो आठ महिना यताको कम हो भने कारोबार रकमको आधारमा १४ महिना यताकै कम हो।
यसअघि २०७८ भदौमा २४ खर्ब ९४ अर्ब रूपैयाँको ट्रान्सफर तथा भुक्तानी भएकोमा त्यसयता यो कात्तिकमा सबैभन्दा कम भएको हो।
यसबीच कुनै समय मासिक ४३ खर्ब रूपैयाँसम्मको भुक्तानी तथा ट्रान्सफर भएको देखिन्छ।
यो पनि हेर्नुस्ः
के व्यवसायीले भनेजस्तो आर्थिक गतिविधिमा मन्दी आइसकेको हो?