नेपाल बैंकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको आज (शुक्रबार) बिहान बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष बैंकले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश दिएको थियो।
गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ भने नगद लाभांशमा जोड दिएको छ।