बिन्ध्यबासिनी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त पस्ताव पारित गर्न कम्पनीले छैटौं वार्षिक साधारण सभा समेत बोलाएको छ।
सभा पुस २२ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे सुरू गर्ने कम्पनीले जनाएको छ।
त्यस्तै, साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने जानकारी समेत दिएको छ। पुस १२ गतेसम्मका कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।