मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी १३औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष कम्पनीले १७.५७ प्रतिशत बोनस सेयर र ०.९२ प्रतिशत नगद लाभांश गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।