सानिमा बैंकको आज (आइतबार) १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो।
त्यस्तै, सभाले सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेललाई निर्वाचित गरेको छ।
आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ९ करोड रुपैयाँ खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति १ खर्ब ९२ अर्ब ५१ करोड रुपैयाँ, कुल निक्षेप १ खर्ब ५८ अर्ब ८८ करोड रुपैयाँ तथा खुद कर्जा सापटी १ खर्ब ४१ अर्ब ६९ करोड रुपैयाँ रहेको छ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको छ।