फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफापछि २५ प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको पुस चार गते विहान बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। कम्पनीको लाभांश प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्न र कम्पनीको आफ्नो साधारण सभाले पारित गर्न बाँकी छ।
लघुवित्तबाट हालसम्म लाभांश प्रस्ताव गर्नेमध्ये उच्च दरमा लाभांश घोषणा गर्नेमा फर्वाड दोस्रो स्थानमा छ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै ७६.८४ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ।