'समृद्धिको लागि सिभिल बैंक' भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले 'अप्पन जनकपुर, डिजिटल जनकपुर' गो–क्यासलेस अभियानको सुरूवात गरेको छ।
जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा विशेष अतिथि नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक निरा ताल्चा भडेँल थिए।
प्रमुख अतिथि तथा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी नारायण मण्डललाई क्युआर कोड हस्तान्तरण गरी सो अभियानको सुरू गरिएको थियो।
डिजिटल इको सिस्टमको अवधारणा स्वरूप दैनिक जीवनमा गर्ने साना–साना खर्चहरू जस्तै टेम्पो भाडा, मन्दिरमा भेटि, पानी पुरी, जुत्ता मर्मत, सामग्री खरिद, शौचालयको शुल्कको भुक्तानीदेखि ठूला खर्चहरूको भुक्तानी सभा हलको भाडा तथा सबै प्रबन्धहरूको भुक्तानी क्युआर कोडबाट नै गरिएको थियो।
नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम डिजिटल इको सिस्टमको अवधारणालाई टेवा पुर्याउने हेतुले उक्त कार्यक्रममा क्युआर कोड सम्बन्धी प्रस्तुति गरिएको थियो।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले सिभिल बैंकले 'अप्पन जनकपुर, डिजिटल जनकपुर' अभियानको सुरूवात गर्न पाउँदा आफू खुसी भएको र नगद रहित समाज आजको आवश्यकता भएकोे र नोट छाप्नका लागि विदेशिने ठूलो धन राशिको सञ्चय हुने बताइएको छ।
बैंकले २०१९ अगस्ट देखिनै सुरू गरेको नगद रहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख शहरहरूमा गरी ४१ हजारभन्दा बढी क्युआर मर्चेन्टहरूलाई आवद्ध गरी सकेको पनि बैंकले जनाएको छ।