सोमबार नेप्से परिसूचक ३.८३ अंकले बढेको छ।
सोमबार नेप्से ०.२१ प्रतिशतले घटेर १८५८.८९ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचक बढेपनि आज कारोबार रकम घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ को सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ पुगेको छ।
यस दिन २५१ वटा धितोपत्रको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको छ।
सोमबार धैलागिरी लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५४५ रुपैयाँ ७० पैसा कायम भएको छ।
त्यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ६.८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५८० रुपैयाँ ६० पैसा पुगेको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा इष्टर्न हाइड्रपावर रहेको छ।
कम्पनीको सेयर मूल्य ७.७९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २६४ रुपैयाँ ५० पैसामा झरेको छ।
सोमबार सर्वाधिक सेयर खरिद–बिक्री प्राइम कमर्सियल बैंकको भएको छ।
यस दिन उक्त कम्पनीको २१३ रुपैयाँ ४० पैसामा ६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले घटेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा फरवार्ड माइक्रोफाइनान्स रहेकोे छ। उक्त कम्पनीको २ हजार ३५६ रुपैयाँ १० पैसामा ५ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक घटेका छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यस दिन अन्य समूहको परिसूचक सर्वाधिक १.९५ प्रतिशतले घटेको छ।