पोखरा फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४ करोड ९ लाख १९ हजार ८१३ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष कम्पनीले ८.०८ प्रतिशत बोनस सेयर र ०.४३ प्रतिशत नगद लाभांश गरी कुल ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो।