एनएमबी बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने 'अपन एनएमबी बचत खाता' सञ्चालनमा ल्याएको छ।
मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याएको बैंकले बताएको छ।
उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेयर, आस्बा सेवालगायत अन्य थुप्रै आकर्षक सुविधाहरू पनि प्रदान गर्ने बताइएको छ।
बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ।