मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत (कर प्रयोजनका लागि समेत) नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिने भएको हो।
गत वर्ष कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।