सगरमाथा इन्स्योरेन्सले २०७८/७९ को लाभांश घोषणा गरेको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद गरी कुल १३.१५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूले पाउँनेछन्।
गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिएको थियो।
गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।