बुधबार अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।
मंगलबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ४ पैसा थियो भने बिक्रीदर १३२ रूपैयाँ ६४ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ८ पैसा बढेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ४७ पैसा र बिक्रीमा १४१ रुपैयाँ ११ पैसा पाइन्छ।
मंगलबार युरो एकको खरिददर १४० रूपैयाँ ३८ पैसा थियो भने बिक्रीदर १४१ रूपैयाँ २ पैसा थियो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ५० पैसा र बिक्रीदर १६१ रुपैयाँ २३ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३० पैसा र बिक्रीमा ८८ रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५१ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ८० पैसा र बिक्रीमा २९ रुपैयाँ ९४ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ४८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ५ पैसा तोकिएको छ।