नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७८/७९ वितरण योग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद गरी कुल २३.१५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष कम्पनीले २१.४९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश गरी कुल २२.६२ प्रतिशत लाभांश वितरण गरेको थियो।