मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले २३ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।
आर्थिक वर्ष २०७७/७८ मा दुई वटा लघुवित्त कम्पनीलाई प्राप्ति गरी एकीकृत कारोबार सुरू गरेकाले सेयरधनीहरूलाई बोनस सेयरमा कर नलाग्ने भएकाले नगद लाभांश भने नछुट्याइएको कम्पनीले बताएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड १२ लाख ५ हजार ३८८ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। गत वर्षको तुलनामा कम्पनीले लाभांश दर बढाएको छ।